नियम १७७
धरौटी फिर्ता
(१) सम्बन्धित स्थानीय निकायमा बुझाएको धरौटी नियम १७५ बमोजिम कोषमा दाखिला नहुने वा नियम १७६ बमोजिम जफत पनि नहुने भएमा त्यस्तो धरौटी रकम सम्बन्धित व्यक्तिले फिर्ता पाउनेछ ।
(२) उपनियम (१) बमोजिम धरौटी रकम फिर्ता पाउने व्यक्तिले धरौटी रकम फिर्ता लिन पाउने म्याद तोकेको भएमा सोही म्यादभित्र र म्याद नतोकिएकोमा जुन कामको लागि धरौटी राखिएको हो सो काम कारबाही अन्तिम रुपमा समाप्त भएको मितिले एक वर्षभित्र धरौटी रकम फिर्ता पाउन स्थानीय निकायमा आम्दानी रसिद साथ निवेदन दिनु पर्नेछ । तर स्थानीय निकायले नै कट्टी गरी धरौटीमा जम्मा गरेको रकमको हकमा आम्दानी रसिद पेश गर्नु पर्ने छैन ।
(३) उपनियम (२) बमोजिमको म्यादभित्र धरौटी फिर्ता लिन नआएमा नियम
१७८ बमोजिमको कार्यविधि अपनाई अधिकार प्राप्त अधिकारीले स्थानीय निकायको कोषमा आम्दानी बा“ध्नु पर्नेछ ।